महिला अनिवार्य भएकै कारण उपसभामुख र उपाध्यक्षको पदपूर्तिमा ढिलाई : वामदेव गौतम

नेपालभ्युज

महिला अनिवार्य भएकै कारण उपसभामुख र उपाध्यक्षको पदपूर्तिमा ढिलाई : वामदेव गौतम

काठमाडौं। राष्ट्रिय सभा सदस्य वामदेव गौतमले उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्ष लामो समयदेखि खाली हुनु लाजमर्दो कुरा भएको बताएका छन्।

राष्ट्रियसभाको मंगलबारको बैठकमा गौतमले उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्ष चयन गर्न सरकार राजनीतिक दल र संसदको ध्यान नपुगेको बताए।

उनले संविधानमा उपाध्यक्ष र उपसभामुख महिला राख्ने व्यवस्थाकै कारण चयनमा ढिलाई भएको दावी गर्दै पुरुष अनिवार्य भनेको भए पाँच दिनमा नै नियुक्ति हुने तर्क गरे। दुई पदमा निर्वाचन गराउन माग गर्दै महिला सांसदहरुले आन्दोलन गर्नुपर्ने उनको सुझाव छ।

‘‘प्रतिनिधि सभामा लाजमर्दो स्थिति भयो, किनभने विगत ४ वर्ष यता उपसभामुख नै छैन। यदी पुरुष अनिवार्य भनेको भए खाली हुने बित्तिकै पूरा हुन्थ्यो। के कारणले सरकारको ध्यान गएको छैन ? राजनीतिक दलहरुको ध्यान गएको छैन’’, नेता गौतमले भने।

गौतमले राष्ट्रियसभा उपाध्यक्ष पदमा नियुक्तिका लागि पहिल लिन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ध्यानाकर्षण गराए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved