पार्टीलाई विधानअनुसार चलाउन शेखर पक्षले ध्यानाकर्षण गराउने

नेपालभ्युज

पार्टीलाई विधानअनुसार चलाउन शेखर पक्षले ध्यानाकर्षण गराउने
फाइल फोटो

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टीको केन्द्रीय समिति बैठकमा पार्टीलाई विधिविधानबाट चलाउन ध्यानाकर्षण गराउने भएको छ।

आइतबार काठमाडौंमा बसेको कोइराला समूहको भेलाले पार्टी नेतृत्वले विधि विधानलाई पालना नगरेको भन्दै यसबारे बैठकमा ध्यानाकर्षण गराउने निर्णय गरेको हो।

बैठकपछि कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेसले अरूलाई गाइड गर्ने भएकाले सबैभन्दा पहिले आफ्नो विधानलाई पालना गर्नुपर्ने बताए। उनले आफूहरूको पार्टीमा कुनै असन्तुष्टि नरहेको र सबैले कांग्रेस भन्नेबित्तिकै कुनै कांग्रेस भनेर प्रश्न सोध्ने अवस्था आउन दिन नहुने बताए।

त्यस्तै केन्द्रीय समिति बैठकमा सरकारको समीक्षा, बजेटले पारेको असर, भ्रष्टचारबारे पनि छलफल हुने उनले बताए। भण्डारीले स्थानीय तहको समीक्षा गर्दै पार्टीलाई फाइदा हुने गरी मात्रै गठबन्धनभित्र तालमेल हुनुपर्ने धारणा राखे।

यो समूहले भ्रातृ संगठनका बिषयमा पार्टी सभापतिले सवैसंग छलफल गर्ने भनिएपनि अहिलेसम्म छलफल नै नगरेको उल्लेख गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved