बुढीगंगामा दुई सय मतगणना हुँदा एमालेको अग्रता

नेपालभ्युज

बुढीगंगामा दुई सय मतगणना हुँदा एमालेको अग्रता

बाजुरा। बुढीगंगा नगरपालिकामा दुई सय मतगणना सम्पन्न हुँदा नेकपा (एमाले) ले अग्रता कायम गरेको छ।

बिहीबार सम्पन्न स्थानीय निर्वाचनको शुक्रबार मतगणना शुरु भएको हो। अहिलेसम्म दुई सय मतगणना हुँदा एमालेका उम्मेदवार रामबहादुर बानियाँले एक सय मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी नेपाली कांग्रेका उम्मेदवार रंग खातीले ८८ मत पाएका छन्।

उपमेयरमा भने एमाले र कांग्रेसले बराबर मत पाएको छ। दुई सय मत गन्दा एमालेबाट उपमेयरकी उम्मेदवार माया कुँवर र कांग्रेसबाट उम्मेदवार रीता शाहीले बराबर ९५ मत प्राप्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved