भारतभर फैलिन थाल्यो दृष्टिविहीनसम्म बनाउने खतरनाक कीरो

नेपालभ्युज

भारतभर फैलिन थाल्यो दृष्टिविहीनसम्म बनाउने खतरनाक कीरो

पूर्वीअफ्रिकाबाट भारतमा नैरोबी फ्लाईको प्रकोप भित्रिएको छ।

उत्तर बंगाल, सिक्किममा यो एसिड फ्लाईको प्रकोप धेरै छिटो बढिरहेको छ। पहाड हुँदै यो एसिड फ्लाईको प्रकोप सिलगढी शहरसम्म पुगेको छ, जहाँ सयौं मानिस नैरोबी फ्लाईबाट संक्रमित भएका छन्।

यसको फैलावट धेरै छिटो छिटो देखिएको छ। यो नैरोबी फ्लाईको प्रकोप सिलगढीको छेउमा रहेको बिहारको किशनगञ्ज जिल्लामा शुरु भएको मानिएको छ। यो कीराले सिलगढी शहरका विभिन्न इलाकामा मानिसलाई आक्रमण गरेको छ। कमिलाजस्तो देखिने यो कीरा निकै खतरनाक मानिएको छ।

भनिन्छ, यी झिंगाले टोक्दैन। तर, यदि झिंगा बस्यो वा शरीरमा टाँसियो भने, त्यसलाई छुनु हुँदैन। जब छोयो, वा कुल्चियो, यसले एसिडजस्तो विषाक्त पदार्थ छाड्छ, जसलाई पेड्रिन भनिन्छ।

जुन धेरै हानिकारक देखिएको छ। जब यो पेड्रिन छालाको सम्पर्कमा आउँछ, यसले रसायन बनाउँछ। यो खतरनाक पेड्रिन आँखामा पुग्यो भने संक्रमित व्यक्तिले केही समयसम्म दृष्टि गुमाउन पुग्दछन्।

यो कीरा शरीरमा टाँसिए यसलाई बिस्तारै उडाउनुपर्छ अथवा ब्रसले हटाउन र छालालाई साबुनले राम्ररी सफा चिकित्सकले सुझाव दिएका छन्।

यसबाट बच्न र शरीरलाई जोगाउन पूरै शरीर ढाकिने कपडा लगानुपर्ने र रातको समयमा झुलको प्रयोग गर्न पनि चिकित्सकहरूले सल्लाह दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved