नेप्से दोहोरो अंकले ओरालो, एक अर्ब ८० करोडको कारोबार

नेपालभ्युज

काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.६० अंकले ओरालो लागेर दुई हजार २७.३२ मा ओर्लेको छ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.४२ अंकले ओरालो लागेर ३८५.४९ मा ओर्लेको छ। कूल २२९ कम्पनीका ४७ लाख ११ हजार २५ कित्ता शेयर रु एक अर्ब ८० करोड ६२ लाख चार हजार ७६५ मूल्यमा खरिद बिक्री भए।

कारोबार भएका कूल १३ उपसमूहमध्ये बिहीबार सामूहिक लगानी कोषको कारोबारमात्रै उकालो यात्रामा छ भने बाँकी रहेका १२ उपसमूहको शेयर मूल्य ओरोलो लागेको छ। बैंकिङ ८.५७, व्यापार २३.४७, होटल तथा पर्यटन ३१.२४, विकास बैंक ४६.२१, जलविद्युत् १५.९३, वित्त ७.७९, निर्जीवन बीमा ३३.६७, उत्पादन ४३.२, अन्य २२, लघुवित्त ३७.३६, जीवन बीमा ११५.१७ र लगानी ०.५३ अंकले ओरालो लागेको छ। त्यस्तै सामूहिक लगानी कोषको शेयर मूल्यमा ०.०९ अंकले उकालो लाग्यो।

बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ९१ अर्ब ४७ करोड ६९ लाख ५५ हजार ३५ बराबर रहेको छ। कारोबारका आधारमा लाइफ इन्स्योरेन्स कर्पोरेशन शीर्षस्थानमा छ। सो कम्पनीको रु सात करोड ६५ लाख ८९ हजार ९८२ बराबरको कारोबार भएको छ।

त्यस्तै अरुण काबेली पावर रु छ करोड ३० लाख छ हजार ३३४, शिवम् सिमेन्ट रु छ करोड २५ लाख ३२ हजार ९१८, हिमालयन डिस्टिलरी रु पाँच करोड ९० लाख आठ हजार २६४ र माथिल्लो तामाकोसी रु पाँच करोड ८२ लाख ३९ हजार ६३२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार आरबिबी म्युचुअल फण्ड एक ३।९३, माउण्टेन हाइड्रो नेपाल ३.२४, सिटिजन म्युचुअल फण्ड दोस्रो ३.०३, नारायणी डेभलपमेन्ट बैंक २.६७ र बैंक अफ काठमाण्डूको ऋणपत्रका लगानीकर्ताले २.५९ प्रतिशतले कमाए। यस्तै समिट लघुवित्त ५.२०, लिवर्टी इनर्जी ५ प्रतिशत, नयाँ सारथी लघुवित्त ३.९७, गुराँस लघुवित्त ३.८४ र युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले ३.६४ प्रतिशतले गुमाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved