अर्थमन्त्रीको राजीनामा माग्दै प्रदर्शन, केही पक्राउ

नेपालभ्युज

अर्थमन्त्रीको राजीनामा माग्दै प्रदर्शन, केही पक्राउ

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै युथ कांग्रेसका युवाहरूले प्रदर्शन गरेका छन्। सिंहदरबारअघि  ‘अर्थमन्त्री राजीनामा दे’ भन्दै प्रदर्शन गरिएको थियो।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भएको र उक्त दिनको सीसीटीभी फुटेज मेटाइएको आरोप अर्थमन्त्री शर्मामाथि छ।

उक्त आरोप लागेपछि युवाहरूले कालो कपडासहित प्रदर्शन गरेका हुन्।

प्रदर्शनको क्रममा केही युवा पक्राउ परेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved