माओवादीका प्रदेश नेताहरूको आरोप- निर्वाचनमा कांग्रेस इमानदार भएन 

आइतबारबाट काठमाडौमा शुरु भएको केन्द्रीय समिति बैठकमा उनीहरूले अब कांग्रेस वा गठबन्धनको बलमा शक्ति आर्जन गर्नुभन्दा पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखेका छन्। 

नेपालभ्युज

माओवादीका प्रदेश नेताहरूको आरोप- निर्वाचनमा कांग्रेस इमानदार भएन 
फाइल तस्वीर

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का प्रदेश नेताहरूले स्थानीय तह निर्वाचनमा कांग्रेस इमानदार नभएको आरोप लगाएका छन्। आइतबारबाट काठमाडौमा शुरु भएको केन्द्रीय समिति बैठकमा उनीहरूले अब कांग्रेस वा गठबन्धनको बलमा शक्ति आर्जन गर्नुभन्दा पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखेका छन्।

केन्द्रीय समिति बैठकमा पार्टी बलियो बनाउनका लागि केन्द्रीय पदाधिकारीदेखि प्रदेशलगायत सबै तहका कमिटीलाई पूर्णता दिनुपर्ने र त्यसका लागि जति दिन लागे पनि बैठक बस्नुपर्ने माग गरेका हुन्।

गठबन्धनमा जोड गर्दा पार्टी सङ्गठन कमजोर भएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष तथा इन्चार्जहरूको रिपोर्टिङ थियो। कांग्रेससँग गठबन्धन गर्दा उनीहरूको मत माओवादीको चुनाव चिह्नमा स्थानान्तरण गर्न कठिन भएको र स्थानीय नेताहरूले पनि केन्द्रको निर्णयलाई कार्यान्वयन गर्न नसकेको उनीहरूको भनाइ थियो।

प्रदेश १ का अध्यक्ष हर्क नेम्वाङले चुनावमा गठबन्धन त गरिएको तर कांग्रेसबाट भोट नआएको बताएका थिए। माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पार्टीलाई किन बलियो बनाउन नलागेको हो भनेर नेतृत्वलाई प्रश्न गरेकी थिइन्। वागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले पनि गठबन्धनप्रति प्रमुख पार्टी कांग्रेस इमानदार नभएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved