युवा संघको माग : कि रोजगार दे , कि पासपोर्ट दे

नेपालभ्युज

युवा संघको माग : कि रोजगार दे , कि पासपोर्ट दे

काठमाडौं। नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले राहदानी वितरणलाई सहज बनाउनुपर्ने माग राख्दै राहदानी विभागमा ज्ञापन पत्र बुझाएको छ।

आइतबार राहदानी वितरण देखिएको समस्यमा समाधान गर्न माग गर्दै युवा संघले प्रदर्शनसहित विभागमा ज्ञापन पत्र बुझाएको हो। उनीहरूले कि रोजगार दे , कि पासपोर्ट दे भन्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनपछि ज्ञापन पत्र बुझाउदै युवा संघका अध्यक्ष किरण पौडेलले राहदानी वितरणमा भएका समस्याहरू समाधान गर्न माग गरे।

प्रभावकारी सर्भर प्रयोग गरी घरबाटै अनलाइन फर्म भर्ने व्यवस्था मिलाउँदै घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटाउन पनि पौडेलले ध्यानाकर्षण गराए। अर्जेन्ट राहदानी अतिरिक्त शुल्क लिई तीन दिनभित्र दिने भनिए पनि हप्ता दिन लगाउने तर बिचौलियाबाट गएमा तोकिएको समयमा नै हुने गरेकाले यसलाई अन्त्य गर्न पनि माग गरिएको पौडेलले बताए।

ज्ञापन पत्र बुझ्दै विभागका निर्देशक शरदराज आर्यनले विभागको कामलाई सहज बनाउन आफूहरू तयार रहेको बताए। राहदानी लिनेको संख्या बढेकाले भीड बढेको उनले तर्क गरे। युवा संघले राहदानी वितरणलाई सहज र सर्वसुलभ तथा झन्झटरहित नवनाए थप दबाबका कार्यक्रम तय गर्ने चेतावनी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved