पराजित नेताहरू गठबन्धनको पक्षमा

२०७४ को संघीय निर्वाचनमा हार बेहोरेका कम्युनिष्ट र नेपाली कांग्रेस दुवैतर्फका नेताहरू गठबन्धन गरेर चुनावमा जानुपर्ने पक्षमा देखिएका छन्।

नेपालभ्युज

पराजित नेताहरू गठबन्धनको पक्षमा

काठमाडौं। २०७४ को संघीय निर्वाचनमा पराजित भएका नेताहरू अगामी संघीय निर्वाचनमा गठबन्धनसहित निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन्। संघीय निर्वाचनमा गठबन्धनसहित जानुपर्ने पक्षमा कम्युनिष्ट र नेपाली कांग्रेस दुवैतर्फबाट यसअघिको संघीय निर्वाचनमा पराजित भएकाहरू अगाडि छन्।

नेपाली कांग्रेसभित्र हालको सत्ता गठबन्धनलाई निर्वाचनसम्म नै लैजानुपर्नेमा नेताहरू रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौलालगायतका नेता लागिपरेका छन्। यी नेताहरूले स्थानीय तहको निर्वाचन सत्तारुढ दलले गठबन्धन गर्नुपर्ने मत राखेका थिए। स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा कांग्रेसलाई फाइदा भएको निष्कर्षसहित उनीहरू संघीय निर्वाचनमा पनि गठबन्धनसहित जानुपर्नेमा जोड दिँदै आएका छन्।

पौडेल, खड्का र सिटौलले कांग्रेसको बैठकमा नै निर्वाचनसम्म गठबन्धन गर्नुपर्ने बताउँदै आएका छन्। यी तीनै जना अघिल्लो संघीय निर्वाचनमा पारजित भएका थिए।

यस्तै निर्वाचनमा बाम गठबन्धनको प्रयास पनि भएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेता निर्वाचनमा वाम गठबन्धनका लागि लागि अग्रसर हुँदा अघिल्लो संघीय निर्वाचनमा पराजित भएका वामदेव गौतम र नारायणकाजी श्रेष्ठ पनि अग्रसर देखिन्छन्।

२९ जेठमा संघीय निर्वाचनमा वाम गठबन्धन गर्नुपर्ने प्रस्ताव लिएर माओवादी केन्द्रका नेता श्रेष्ठ एमाले अध्यक्ष केपी ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए। देशमा बढ्दै गएको भूराजनीतिक खताराका विषयमा दुई नेताबीचको छलफल केन्द्रित रहेको बताइए पनि आगामी निर्वाचनमा वाम गठबन्धनको सम्भावनाका विषयमा दुई नेताबीचको छलफल केन्द्रित भएको थियो।

यस्तै १६ असारमा एमाले पूर्व उपाध्यक्ष वामदेव गौतम ओलीलाई भेट्न उनको बालकोट पुगेका थिए। १५ असारमा मात्रै नयाँ पार्टी स्थापना गरेका गौतमले वाम गठबन्धनका लागि आफ्नो पार्टीको सुझावसहित ओलीलाई भेट गरेका थिए। भने, उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालदेखि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल समेतलाई भेट गरेका छन्। दाहाल र नेपालसँगको भेटमा पनि गौतमले संघीय निर्वाचनमा वाम पार्टीबीच सहकार्य गर्नुपर्ने प्रस्ताव लिएर गएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved