गाउँमा सुत्केरी हुन नसकेपछि सेनाको हेलिकोप्टरबाट सुर्खेत लगियो

नेपालभ्युज

गाउँमा सुत्केरी हुन नसकेपछि सेनाको हेलिकोप्टरबाट सुर्खेत लगियो
सांकेतिक तस्वीर

सुर्खेत। सुत्केरी हुन नसकेकी महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ।

दैलेख जिल्लाको ठाटीकाँध गाउँपालिका–१ की २६ वर्षीया चौकला भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।

स्थानीय स्वास्थ चौकीमा सुत्केरी हुन नसकेपछि नेपाली सेनाको हेलिकप्टरबाट आज शुक्रबार बिहान ११ बजे उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेतको कालागाउँमा पठाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए।

“राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी हुन नसकेकी भण्डारीको थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ,” उनले भने, “सुत्केरी व्यथा लागेकी भण्डारीको गर्भमा जुम्ल्याहा बच्चा भएकाले स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि उद्धार गरी सुर्खेत पठाइएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved