आयल निगम अर्बौंको चलखेलमा व्यापारीलाई दिइँदैछ : रामचन्द्र पौडेल

‘‘म आज पनि फेरि सुन्दैछु। आयल निगमलाई पनि व्यापारीको हातमा दिने चलखेल भइरहेको छ रे। यो चलखेलको पछाडि करोडको होइन, अर्बौँको कुरो छ।’’

नेपालभ्युज

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले नेपाल आयल निगम व्यापारीलाई दिन लागेको आरोप लगाएका छन्।

६४ औँ संसद् दिवसको अवसरमा आयोजित कार्यक्रममा नेता पौडेलले अर्बौँको चलखेलमा सरकारले आयल निगम व्यापारीलाई सुम्पन लागेको आरोप लगाएका हुन्।

‘‘म आज पनि फेरि सुन्दैछु। आयल निगमलाई पनि व्यापारीको हातमा दिने चलखेल भइरहेको छ रे’’, नेता पौडेलले भने, ‘‘यो चलखेलको पछाडि करोडको होइन, अर्बौँको कुरो छ। अर्बौँ कमाएपछि त्यो नेतालाई कसले छुन सक्छ? आजीवन राजा हुने भइहाले नि!’’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved