नेपालमा लगानीका गर्न अष्ट्रेलियालाई चेम्बरको आग्रह

नेपालभ्युज

नेपालमा लगानीका गर्न अष्ट्रेलियालाई चेम्बरको आग्रह

काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले नेपालमा लगानीका लागि अष्ट्रेलियासमक्ष आग्रह गरेको छ।

नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी वोल्कसँग काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज भएको भेटवार्तामा चेम्बरका पदाधिकारीले जलविद्युत्, वन, पर्यटन, कृषि एवं साना उद्योगमा लगानीका लागि आग्रह गरेका हुन्। नेपाल र अष्ट्रेलियाबीच ६० वर्षभन्दा पुरानो कूटनीतिक सम्बन्धलाई थप बलियो बनाउन सरकारी र निजी क्षेत्रबाट उच्चस्तरीय आर्थिक साझेदारीको आवश्यक्ता रहेको अध्यक्ष मल्लले बताए।

अष्ट्रेलियाले नेपालको वन क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न लामो समयदेखि आर्थिक एवं प्राविधिक सहयोग गरेको भन्दै अध्यक्ष मल्ले यसको निरन्तरतामा जोड दिए। जडीबुटी एवं खानीजन्य तथा धातुहरूको प्रशोधन गर्ने उद्योगमा लगानी गरी अन्तर्राष्ट्रिय बजार प्रर्वद्धन गर्नसमेत राजदूत वोल्कसमक्ष आग्रह गरे।

वैदेशिक लगानीका लागि नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर लगानी गर्न अध्यक्ष मल्लले राजदूत वल्कसमक्ष आग्रह गरे। मल्लले भने, अष्ट्रेलियाको लगानी सुनिश्चित गर्न निजी क्षेत्रको तर्फबाट नेपाल चेम्बर अफ कमर्शले पहल गर्नेर्छ।”

नेपालका विद्यार्थीहरू अष्ट्रेलिया अध्ययनका लागि गइरहेका सन्दर्भ निकाल्दै अध्यक्ष मल्लले त्यहाँका विख्यात शैक्षिक संस्थाहरूबाट नेपाली शैक्षिक संस्थाहरूलाई सम्बन्धन दिई शिक्षाको गुणस्तर सुधारमा सहयोग गर्नसमेत राजदूत वल्कसमक्ष आग्रह गरे।

जवाफमा राजदूत वल्कले  नेपालसँगको ऐतिहासिक सम्बन्धलाई अष्ट्रेलियाले सधैँ गर्व गर्ने बताइन्।

नेपालबाट वार्षिक ५० हजार विद्यार्थी अध्ययनका लागि अष्ट्रेलिया जाने गरेका भन्दै वल्कले उनीहरूको शैक्षिक सुधार तथा भविष्यका लागि आफ्नो सरकारले उच्च प्राथमिकतामा राखेको पनि बताइन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved