पर्यटनमन्त्री आलेले बुझाए राजीनामा पत्र

शुक्रबार ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका मन्त्री आलेले आइतबार बिहान पार्टी केन्द्रीय कार्यालय मीनभवनमा पुगेर अध्यक्ष नेपाललाई राजीनामा बुझाएका हुन्।

नेपालभ्युज

पर्यटनमन्त्री आलेले बुझाए राजीनामा पत्र

काठमाडौं। नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले राजीनामा पत्र बुझाएका छन्।

नेकपा (एकीकृत समाजवादी) बाट मन्त्री बनेका आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन्।

शुक्रबार ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका मन्त्री आलेले आइतबार बिहान पार्टी केन्द्रीय कार्यालय मीनभवनमा पुगेर अध्यक्ष नेपाललाई राजीनामा बुझाएका हुन्।

अहिले उनी राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिएका छन्। मन्त्री आलेले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी समेत गरेका छन् ।

नेकपा एसबाट मन्त्री बनेका स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भने राजीनामा बुझाएका छैनन्। शहरी विकासमन्त्री झाँक्री र श्रममन्त्री श्रेष्ठले पनि राष्ट्रिय सभामा जवाफ दिइरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved