इन्धनको मूल्यवृद्धि तत्काल फिर्ता नभए आन्दोलन गर्ने पर्यटन श्रमिकको चेतावनी

पर्यटन क्षेत्रका श्रमिकहरुले इन्धनको मूल्यवृद्धि तत्काल फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएका छन्।

नेपालभ्युज

इन्धनको मूल्यवृद्धि तत्काल फिर्ता नभए आन्दोलन गर्ने पर्यटन श्रमिकको चेतावनी

काठमाडौं। पर्यटन क्षेत्रका श्रमिकहरुले इन्धनको मूल्यवृद्धि तत्काल फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएका छन्।

पर्यटन क्षेत्रका श्रमिक संगठनहरु नेपाल ट्रेकिङ–ट्राभल्स–र्‍याफ्टिङ–एयरलाएन्स श्रमिक यूनियन (युनिट्राभ) र नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियन (नेस्वहोमयू) ले संयुक्त विज्ञप्ति जारी गरी इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारको ध्यानाकर्षण गराउँदै तत्काल फिर्ता नलिए आन्दोलनको चेतावनी दिएको हो।

‘इन्धनमा भएको मूल्य वृद्धिसँगै सार्वजनिक यातायात लगायत मानवीय आधारभूत आवश्यकताका दैनिक उपभोग्य सामानहरुमा स्वतः मूल्य वृद्धि हुने भएकोले सर्वसाधारण जनता र विशेष गरी पर्यटन क्षेत्रमा काम गर्ने लाखौं श्रमिकहरुप्रतिको बाँच्न पाउने मौलिक अधिकारलाई यो सरकारद्वारा कुण्ठित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारले अहिले गरेको बाहानाबाजी र जस्तो सुकै तर्कहरु पेस गरे पनि श्रमिकमारा निर्णय तत्काल फिर्ता लिनुपर्छ।’

मूल्यवृद्धिपछि पनि नेपाल आयल निगमलाई मासिक ४ अर्ब ७० करोड घाटा हुने मिथ्या देखाएर भविष्यमा अझै बढ्न सक्ने संकेत गर्दै वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले इन्धनको मूल्यवृद्धि गर्नुमा बाध्यता भएको बताउनु दुःखद् रहेको श्रमिक संगठनहरुको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved