बरु जेल जान्छु तर इम्बोस्ड नम्बर प्लेट राख्दिनँ : भीम रावल

‘‘इम्बोस्ड नम्बर प्लेट नजोडे सरकारले जेल हाल्ने भनेको छ, हालोस्। जेल जान तयार छु तर म आफ्नो गाडीमा इम्बोस्ड नम्बर प्लेट राख्दै राख्दिनँ।’’

नेपालभ्युज

बरु जेल जान्छु तर इम्बोस्ड नम्बर प्लेट राख्दिनँ : भीम रावल
फाइल तस्वीर

काठमाडौं। नेकपा (एमाले) का नेता भीम रावलले इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने सरकारको निर्णय आफूले नमान्ने अडान राखेका छन्।

बुधबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा साउनभित्र इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने सरकारको निर्णयको विरोध गर्दै आफ्नो गाडीमा नजोड्ने अडान राखेका हुन्।

‘‘इम्बोस्ड नम्बर प्लेट नजोडे सरकारले जेल हाल्ने भनेको छ, हालोस्। जेल जान तयार छु तर म आफ्नो गाडीमा इम्बोस्ड नम्बर प्लेट राख्दै राख्दिनँ’’, बैडकमा उनले भने। संविधानविपरीत इम्बोस्ड नम्बर प्लेट अंग्रेजीमा राख्न ठूलो चलखेल भएको नेता रावलको आरोप छ।

यातायात व्यवस्था विभागले साउन १ गतेभित्र प्रदेशको नाम टुंगिएका प्रदेशका सवारी साधानमा अनिवार्य रुपमा इबोष्ट नम्बर हाल्न सूचना जारी गरेको थियो। इम्बोस्ड नम्बर प्लेट नराखे साउन १ गतेदेखि ट्राफिक प्रहरीले अनुगमन गर्ने र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने विभागको चेतावनी थियो।

विभागको यो निर्णयको चर्को विरोध भएको थियो। प्रतिपक्षसँगै सत्तारुढ सांसदहरुले समेत यसको विरोध गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved