व्यापार घाटा र मूल्यवूद्धि बढेकाले कृषिलाई प्राथमिकतामा राख्यौँ : अर्थमन्त्री शर्मा

नेपालभ्युज

व्यापार घाटा र मूल्यवूद्धि बढेकाले कृषिलाई प्राथमिकतामा राख्यौँ : अर्थमन्त्री शर्मा

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी बस्तुमा आत्मनिर्भर हुनका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका छन्।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग समिति बैठकमा अर्थमन्त्री शर्माले विभिन्न बस्तुहरूलाई आयात गर्दा व्यापार घाटा बढ्ने र मूल्यवृद्धि समेत भएकाले स्वदेशी वस्तुमा आत्मनिर्भर हुनका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए।

धानमा आत्मनिर्भर हुनका लागि पनि सरकारले अध्ययन गरिरहेको उनको भनाइ थियो। अर्थमन्त्री शर्माले बजेटमा अनावश्यक करको दायरा हेरफेर नगरिएको दाबी गरे। त्यस्तै उनले स्वदेशी सेनेटरी प्याडको उत्पादनले समेत माग धान्न नसकेका कारण बाहिरबाट आउने सेनेटरी प्याडमा कर छूट दिइएको जिकिर गरे। उनले स्वदेशी उद्योगलाई ध्वस्त पार्ने सरकारको कुनै योजना नरहेको भन्दै उद्योगीमैत्री बजेट आएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved