मंकीपक्स आशंका गरिएका व्यक्तिमा कुष्ठरोग पुष्टि

नेपालभ्युज

मंकीपक्स आशंका गरिएका व्यक्तिमा कुष्ठरोग पुष्टि

काठमाडौं। बिहीबार दुबईबाट नेपाल आएका व्यक्तिमा मंकीपक्स भाइरसको संक्रमण नभएको पुष्टि भएको छ।

ती व्यक्तिमा मंकीपक्सको संक्रमण नभई कुष्ठरोग पुष्टि भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. चुमनलाल दासले जानकारी दिए। ‘मंकीपक्ससँग मिल्दा जुल्दा लक्षण भएपछि उहाँलाई अव्जरबेसनमा राखिएको थियो,” उनले भने “तर चेकजाँच गर्दा मंकीपक्स नभएर कुष्ठरोग पुष्टि भएको छ।”

त्स्तै अहिले उनी अहिले छाला रोग विशेषज्ञको निगरानीमा रहेको समेत उनले बताए। दुबईबाट नेपाल फर्किएका एक व्यक्तिमा मंकीपक्स भाइरसको संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको निगरानीमा राखिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved