पाकिस्तानमा २० दिनमा तीन पटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पेट्रोलको मूल्य १४९.८६ बाट पटक पटक बढेर अहिले २३३.७९ रुपैयाँमा पुगेको छ।

नेपालभ्युज

पाकिस्तानमा २० दिनमा तीन पटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य

एजेन्सी। पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ।

यो बीचमा झण्डै २९ प्रतिशत मूल्यवृद्धि भएको पाइएको अधिकारीहरुले जनाएका छन्। देशका अर्थमन्त्री मिफ्ता इस्माइलले बुधबार फेरि मूल्यवृद्धि भएको घोषणा गरेका थिए।

विश्व बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेकाले पाकिस्तानमा पनि बढेको उनको भनाइ छ। उनले विश्वबजारमा बढेपछि आफ्नो देशमा पनि बढाउनुको विकल्प नरहेको बताए।

अर्थमन्त्री इस्माइलले पेट्रोलियम पदार्थको मूल्य व्यवस्थापनमा अघिल्लो सरकारका पनि केही कमजोरीका कारण समस्या भएको आरोप लगाए।

गत मे २६ मा १४४.१५ पाकिस्तानी रुपैयाँ रहेको डिजलको मूल्य अहिलेसम्म ८३ प्रतिशत वृद्धि भएर २६३.३१ पाकिस्तानी रुपैयाँ पुगेको छ।

त्यसैगरी पेट्रोलको मूल्य १४९.८६ बाट पटक पटक बढेर अहिले २३३.७९ रुपैयाँमा पुगेको अधिकारीहरूले जनाएका छन्।

मट्टीतेलको मूल्य मे २६ मा ११८.३१ रहेकोमा अहिले ७३ प्रतिशतले बढेर २११.४३ पाकिस्तानी रूपैयाँ पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved