धनगढीका मेयरको सहयोगमा जिसस कैलालीमा गठबन्धनको जित

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको सहयोगमा कैलाली जिल्ला समन्वय समितिमा सत्ता गठबन्धन विजयी भएको छ।

नेपालभ्युज

धनगढीका मेयरको सहयोगमा जिसस कैलालीमा गठबन्धनको जित

धनगढी। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको सहयोगमा कैलाली जिल्ला समन्वय समितिमा सत्ता गठबन्धन विजयी भएको छ।

समितिको प्रमुखमा जित हासिल गरेका नेपाली कांग्रेस पदम कलेलले १३ मत प्राप्त गरे भने नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार इन्द्र चौधरीले १२ मत पाए।

जिसस निर्वाचनका लागि सत्ता गठबन्धनमा आबद्ध दलबीच तालमेल भएको थियो भने एमाले र नागरिक उन्मुक्ति पार्टीले छुट्टै तालमेल गरेका थिए।

जिल्लामा १३ पालिकाका २६ जना मतदाता थिए। तर, भ्रष्टाचार अभियोगमा विशेष अदालतमा विचाराधीन मुद्दाका कारण मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले चुनावी प्रक्रियामा सहभागी हुन नपाउने निर्वाचन आयोगको निर्णयपछि २५ मत खस्यो।

कूल मतमध्ये १२ मत सत्ता गठबन्धन र १२ मत नागरिक उन्मुक्ति पार्टी र नेकपा एमालेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved