पृथ्वी राजमार्गमा आजबाट सवारी चलाउन पाइने

पृथ्वी राजमार्गमा अब राति पनि सवारी सञ्चालन गर्न पाइने भएको छ। आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएपछि रोक लगाइएकोमा अबदेखि अवरोध हटाइएको हो।

नेपालभ्युज

पृथ्वी राजमार्गमा आजबाट सवारी चलाउन पाइने
फाइल तस्वीर

तनहुँ। पृथ्वी राजमार्गमा अब राति पनि सवारी सञ्चालन गर्न पाइने भएको छ। आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएपछि रोक लगाइएकोमा अबदेखि अवरोध हटाइएको हो। राजमार्गको आँबुखैरेनी–मुग्लिङ खण्डमा सडक भासिएपछि रातिको समयमा यातायात सञ्चालन गर्दा जोखिम हुने भएकाले जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारबाट राति ७ देखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको थियो। तर अव यो अवरोध खुलेको हो।

यस्तै आइतबार बेलुकादेखि सानाठूला र हेभी सवारी साधन समेत सञ्चालन गराइएको निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए।

सडक डिभिजन कार्यालय दमौलीले सडक भासिएको कुनापट्टिबाट भित्ता काटिरहेको छ। उक्त सडक मर्मत नहुँदासम्म भासिएको खण्डमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ।

यता, मुग्लिङ–पोखरा सडकखण्ड निर्माणका लागि याम्पाफाँट र घाँसीकुवा सडकखण्डमा राति ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन भने यसअघिको सूचनाअनुसार नै बन्द रहने प्रशासनले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved