मन्त्री हेरफेरको निर्णय तत्काल कार्यान्वयन हुनुपर्छ : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मन्त्री फेर्ने निर्णय तत्काल कार्यान्वयन हुनुपर्ने बताएका छन्।

नेपालभ्युज

मन्त्री हेरफेरको निर्णय तत्काल कार्यान्वयन हुनुपर्छ : झलनाथ खनाल
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मन्त्री फेर्ने निर्णय तत्काल कार्यान्वयन हुनुपर्ने बताएका छन्।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञसाको जवाफ दिने क्रममा मन्त्री हेरफेरको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका हुन्।

‘‘मन्त्री हेरफेरसम्बन्धी पार्टीले गर्नुपर्ने निर्णय गरिसकेको छ। यसको कार्यान्वयन नभएकोप्रति पार्टीको गम्भीर आपत्ति छ’’, नेता खनालले भने, ‘‘यसलाई गठबन्धन सरकारले तुरुन्त कार्यान्वयन गर्नुको विकल्प छैन।’’

नेकपा एसले नयाँ मन्त्रीहरुको नाम आइतबार नै प्रधानमन्त्रीलाई बुझाइसकेको छ। पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गर्दै नयाँ मन्त्रीहरुको सूची पठाएको हो। तर मन्त्री परिवर्तनको निर्णय कार्यान्वयन भने हुन सकेन।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले समय मागेका कारण तत्काल हेरफेर रोकिएको बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved