एमसिसीको व्याख्यात्मक घोषणा संसद्मा प्रस्तुत गर्न भीम रावलको माग

नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य डा. भीमबहादुर रावलले अमेरिकी सहयोग एमसिसीको व्याख्यात्मक घोषणा संसद्मा प्रस्तुत गर्न माग गरेका छन्।

नेपालभ्युज

एमसिसीको व्याख्यात्मक घोषणा संसद्मा प्रस्तुत गर्न भीम रावलको माग
फाइल तस्वीर

काठमाडौं। नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य डा. भीमबहादुर रावलले अमेरिकी सहयोग एमसिसीको व्याख्यात्मक घोषणा संसद्मा प्रस्तुत गर्न माग गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकको विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले एमसिसीको व्याख्यात्मक घोषणा संसद्मा प्रस्तुत गर्न माग गरेका हुन्। उनले अमेरिकामा निकट भविष्यमै हुने भनिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणका बारेमा जानकारी गराउन समेत सरकारसँग माग गरे ।

नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई कहीँकतैबाट पनि आघात पुर्‍याउन नहुने उल्लेख गर्दै उनले परराष्ट्रसम्बन्धी गविविधि परदर्शी हुनुपर्नेमा जोड दिए ।

उनले राष्ट्रिय प्राकृतिक स्रोत र साधनसँग सम्बन्धी सम्झौतामा संसद्बाट अनुमोदन हुनुपर्ने समेत बताए। लगानी बोर्डका नाममा ठूला जलविद्युत् आयोजना विना प्रतिस्पर्धा कुनै पनि कम्पनीलाई दिन नहुने उनको धारणा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved