विश्वकप क्रिकेट लिग २ : पहिलो खेलमै नेपाल पराजित

सिरिजको दोस्रो खेलमा नेपालले अब शनिबार अमेरिकाविरुद्ध खेल्नेछ। तेस्रो खेलमा १४ जुनमा फेरि ओमानविरुद्ध र अन्तिम खेलमा १५ जुनमा अमेरिकाविरुद्ध खेल्नेछ।

नेपालभ्युज

विश्वकप क्रिकेट लिग २ : पहिलो खेलमै नेपाल पराजित

काठमाडौं। त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको छ।

अमेरिकाको टेक्सासमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग डिभिजन टूअन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको हो।

मोसा क्रिकेट मैदानमा आरिफ शेखले अर्धशतकीय पारी खेले पनि नेपाल पराजित भएको हो। आज (शुक्रबार) बिहान सम्पन्न खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको हो।

अन्तिम २ बल बाँकी छँदै अलआउट भएको नेपाल ओमानसँग १३ रनले पराजित भयो। टस हारेर फिल्डिङमा उत्रिएको नेपाल २१२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा आरिफ शेखले ६६ रन जोडे पनि पराजित बन्यो।

यस्तै, देव खनालले ३४ तथा रोहित पौडेलले २० र दिपेन्द्र सिंह ऐरीले १६ रन जोडे। विनोद भण्डारीले १४, सोमपाल कामीले १३, डेब्यू खेलाडी सुनिल धमलाले १२, करण केसीले ८ रन जोडे ।

नेपाललाई १९८ रनमै समेट्ने क्रममा ओमानका जिसन मक्सुद र खबर अलीले ३÷३ विकेट लिए । बिलाल खानले २ विकेट लिए।

त्यसअघि, ओमानले निर्धारित ओभरमा ८ विकेट गुमाएर २११ बनाएको थियो। उसका लागि जिसन मक्सुदले अविजित रहदै १०४ रनको शतकीय पारी खेले। यस्तै, खबर अलीले ३०, सोयब खानले २७ रन र सुरज कुमार १२ रन बनाए।

नेपालका करण केसीले ३८ रन खर्चिएर ५ विकेट लिए। कप्तान सन्दीप लामिछानेले २ तथा सोमपाल कामीले १ विकेट लिए।

करण सोमपाल र सन्दीपपछि एकदिवसीय अन्तराष्ट्रियको एकै खेलमा ५ विकेट लिने नेपालका तेस्रो खेलाडी बने।

सिरिजको पहलिो खृलमा हारसँगै १२ खेलमा १२ अंक जोडेको नेपाल लिगको छैटौँ स्थानमा छ। ओमान ३३ खेलमा ४२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।

सिरिजको दोस्रो खेलमा नेपालले अब शनिबार अमेरिकाविरुद्ध खेल्नेछ। तेस्रो खेलमा १४ जुनमा फेरि ओमानविरुद्ध र अन्तिम खेलमा १५ जुनमा अमेरिकाविरुद्ध खेल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved