एक रूपैयाँका कारण टुटेको थियो साहिर लुधियानवी र एसडी बर्मनको सम्बन्ध

एसडी बर्मन र साहिर लुधियानवीबीचको झगडाको कारण एउटा गीतको पारिश्रमिक थियो। उक्त झगडापछि दुवै छुट्टाछुट्टै बाटोमा हिँड्न थाले।

नेपालभ्युज

एक रूपैयाँका कारण टुटेको थियो साहिर लुधियानवी र एसडी बर्मनको सम्बन्ध

एजेन्सी। एसडी बर्मनको नाम आउनासाथ हामीले गुनगुनाउन थाल्छौँ- ‘ ओ माझी मेरे साजन है उस पर’, ‘कोरा कागज था मन ए मेरा’, ‘वहाँ कौन है तेरा मुशाफिर’, ‘छोड दो आँचल जमाना क्या कहेगा’, ‘जाने वो कैसे लोग थे जिनके प्यारको प्यार मिला’, ‘हम आपकी आँखो मे इस दिलको बसादूँ तो’, ‘सर जो तेरा चकराए…।’

बर्मन साहेब हिन्दी संगीत जगतका महान् संगीतकार थिए। उनी दुर्लभ प्रतीभा थिए। उनी यो संसारबाट बिदा भएको ४७ वर्ष बितिसकेको छ तर हिन्दी सिनेमा र संगीतको चर्चा गर्दा आज पनि उनको नाम छुटाउँदा भारतीय संगीत अधूरै हुन्छ।

उनको संगीत मात्रै होइन, सहकर्मीहरूसँगका धेरै किस्साहरू पनि उत्तिकै चर्चित छन्। तिनै किस्सामध्ये एक किस्सा हो- भारतीय महान् कवि तथा गीतकार साहिर लुधियानवीसँगको झगडा।

पत्याउन पनि गाह्रो पर्छ, उनी एक रूपियाँका लुधियानवीसँग लडेका थिए। संगीतमा जति चर्चा एसडी बर्मनको थियो त्यो समयमा शब्दमा उत्तिकै बलियो हस्तक्षेप थियो लुधियानवीको। यी दुईले सँगै मिलेर धेरै काम गरेका छन्, जसले सन् १९६० को दशकका हिन्दी गीतलाई अजरअमर बनाएको छ।

विशेषगरी बलिउड चलचित्रमा दुवै मिलेर राम्रो काम गरे तर यति हुँदाहुँदै पनि एक समय यस्तो आयो जसले उनीहरूको सम्बन्धमा दरार आयो। दूरी बढायो।

यो त्यो समयको कुरा हो जब गुरुदत्तले ‘प्यासा’ फिल्म बनाइरहेका थिए। एसडी बर्मन र साहिर लुधियानवीबीचको झगडाको कारण एउटा गीतको पारिश्रमिक थियो। उक्त झगडापछि दुवै छुट्टाछुट्टै बाटोमा हिँड्न थाले।

झगडाको बिउँको कारण थिए साहिर। साहिरले आफूलाई संगीतकार बर्मनभन्दा एक रूपैयाँ भए पनि बढी पारिश्रमिक चाहिने दाबी गरेपछि यो दरार सिर्जना भएको थियो। एसडी बर्मनको संगीतको लोकप्रियतामा आफ्नो गीतको भूमिका भएकाले उनले त्यस्तो दाबी गरेका थिए। साहिरको यो दाबीका कारण नै बलिउड जगतका दुई महान् हस्तीबीच झगडा भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved