पहाडी भेगमा दिनभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

प्रदेश १ र मधेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

नेपालभ्युज

पहाडी भेगमा दिनभर हल्कादेखि मध्यम वर्षाको सम्भावना
सांकेतिक तस्वीर

काठमाडौं। नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभावका साथै भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

उक्त मौसमी प्रणालीको प्रभावका कारण अहिले प्रदेश १, मधेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही गण्डकी र अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहको छ।

प्रदेश १ र मधेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

राजधानी काठमाडौं उपत्यकामा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। उपत्यकामा पूर्ण रुपमा बदली छ।

दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

काठमाडौंको अधिकतम तापक्रम २८ र न्यूनतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved