प्रहरीद्वारा दुई करोडको अवैध सामानसहित तीन ट्रक बरामद

प्रहरीले वीरगञ्ज महानगरपालिका–१० घण्टाघरबाट विभिन्न सामग्री बोकेको बा ५ ख ८६५८ र लु २ ख ५३४९ नम्बरको ट्रक नियन्त्रणमा लिएको छ।

नेपालभ्युज

प्रहरीद्वारा दुई करोडको अवैध सामानसहित तीन ट्रक बरामद

वीरगञ्ज। पर्साका विभिन्न स्थानबाट प्रहरीले करिब दुई करोड रुपैयाँ बराबरको औषधि, लत्ताकपडालगायत सामग्री बरामद गरेको छ।

प्रहरीले उक्त सामग्री बोकेको तीन ओटा ट्रक नियन्त्रणमा लिएको छ।

ट्रक नियन्त्रणमा लिएर चालकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।

प्रहरीले वीरगञ्ज महानगरपालिका–१० घण्टाघरबाट विभिन्न सामग्री बोकेको बा ५ ख ८६५८ र लु २ ख ५३४९ नम्बरको ट्रक नियन्त्रणमा लिएको छ।

वीरगञ्ज–८ माईस्थानबाट विभिन्न किसिमका औषधि, लत्ताकपडालगायत सामग्री बोकेको ना ४ ख ४३०१ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved