काठमाडौंको फोहोर व्यवस्थापनको पहल प्रधानमन्त्रीले गर्नुपर्छ : सांसद थापा

“फोहोर व्यवस्थापनमा मद्दत गर्नु हामी सबैको कर्तव्य हो। कतिपय कुरा दुईओटा निकायले चाहेर मात्रै गर्न सम्भव छैन”

नेपालभ्युज

काठमाडौं। नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले काठमाडौँ महानगरपालिकाको फोहोरमुक्त काठमाडौं बनाउने अभियानलाई सक्रिय रुपमा साथ दिन सम्पूर्ण नगरवासीलाई आग्रह गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले फोहोर व्यवस्थापनमा कानूनी अड्चन फुकाउन प्रधानमन्त्रीले नै विशेष पहल लिनुपर्ने बताए।

“फोहोर व्यवस्थापनमा मद्दत गर्नु हामी सबैको कर्तव्य हो। कतिपय कुरा दुईओटा निकायले चाहेर मात्रै गर्न सम्भव छैन”, सांसद थापाले भने, “स्रोत साधन र कानुन नियमको गाँठो फुकाउन प्रधानमन्त्रीज्यूले नै विशेष पहल लिन आग्रह गर्दछु।”

सरकारले आफ्नो कर्तव्य पूरा गरेसँगै नगरवासीले पनि महानगरपालिकाको आह्वानबमोजिम स्रोतमा नै कुहिने र नकुहिने फोहोर छुट्याएर राख्नुपर्ने सांसद थापाको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved