प्रदेश र संघको निर्वाचन आफ्नै चुनाव चिह्नमा लड्छौँ : कमल थापा

थापाले चुनावमा तालमेल गर्ने विषयमा आफूहरु जुनसुकै विकल्पमा खुला रहेको र एजेन्डा मिल्ने कोहीसँग पनि तालमेल हुन सक्ने बताएका छन्।

नेपालभ्युज

प्रदेश र संघको निर्वाचन आफ्नै चुनाव चिह्नमा लड्छौँ : कमल थापा

जनकपुरधाम। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी प्रदेश र संघको निर्वाचन आफ्नै चुनाव चिह्नमा लड्ने बताएका छन्।

प्रदेशव्यापीरुपमा पार्टीले सञ्चालन गरिरहेको जनता माझमा राप्रपा नेपाल अभियानको क्रममा मधेशको राजधानी जनकपुरधाम आएका अध्यक्ष थापाले मंगलबार पत्रकार सम्मेलनमार्फत आफनो पार्टी गाई चुनाव चिह्नका लागि सर्वोच्चसम्म जाने बताएका छन्।

त्यस्तै, थापाले चुनावमा तालमेल गर्ने विषयमा आफूहरु जुनसुकै विकल्पमा खुला रहेको र एजेन्डा मिल्ने कोहीसँग पनि तालमेल हुन सक्ने बताएका छन्। उनले विगतमा पनि नेकपा एमालेसँग तालमेल भएकोले यसपटक पनि तालमेल हुनसक्ने सम्भावना बढी रहेको बताए।

थापाले जन्मसिद्व नागरिकका सन्तानले निर्वाध रुपमा नागरिकता पाउनु पर्ने, तराई मधेशको लाइफलाइन हुलाकी सडकको बाँकी काम यथाशिघ्र हुनुपर्ने, जनकपुरधामको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नुपर्नेसहितका पार्टीको भेलाले गरेको ८ बुँदे माग र घोषणापत्र समेत सार्वजानिक गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved