कुटपिटको प्रतिकारमा श्रीमतीले लोहोरोले हानेपछि श्रीमान्‌को मृत्यु

नेपालभ्युज

कुटपिटको प्रतिकारमा श्रीमतीले लोहोरोले हानेपछि श्रीमान्‌को मृत्यु

दाङ। दाङमा एक महिलाले श्रीमान्‌को हत्या गरेकी छिन्।

अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी घोराही उपमहानगरपालिका–१४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान्‌ पङ्कज गुप्ताको हत्या गरेको प्रहरीले जनाएको छ।

आज बिहान उनले लोहोरो प्रहार गर्दा गुप्ताको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।

हत्याको आरोपमा प्रहरीले गायत्रीलाई पक्राउ गरी अनुसन्धान थालेको छ। श्रीमान्‌ले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा यस्तो घटना भएको श्रीमतीले प्रहरीसमक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved