युद्धग्रस्त युक्रेनलाई हराउँदै विश्वकपमा छनोट भयो वेल्स

खेलको ३४ औँ मिनेटमा यर्मोलेन्कोले आत्मघाती गोलपछि वेल्स कतार जाने पक्का भएको हो। वेल्सले ६४ वर्षपछि विश्वकप फुटबलका लागि छनोट चरण पार गरेको छ।

नेपालभ्युज

युद्धग्रस्त युक्रेनलाई हराउँदै विश्वकपमा छनोट भयो वेल्स

काठमाडौं। वेल्सले कतार विश्वकप २०२२ मा स्थान बनाएको छ। गएराति युक्रेनमाथि जित निकाल्दै वेल्स फिफा विश्वकप फुटबलमा छनोट भएको हो।

युरोसिपयन छनोटअन्तर्गत गएराति भएको प्ले अफमा वेल्सले युक्रेनलाई १–० गोल अन्तरले पराजित गर्यो। जितसँगै वेल्स वेल्सले विश्वकप फुटबलमा स्थान बनाएको हो।

वेल्सलाई विश्वकप पुर्याउनका लागि युक्रेनले आत्मघाती गोलको उपहार दियो। कार्डिफ सिटी रंगशालामा युक्रेनका एन्ड्री यर्मोलेन्कोले आत्मघाती गोल गरे।

खेलको ३४ औँ मिनेटमा यर्मोलेन्कोले आत्मघाती गोलपछि वेल्स कतार जाने पक्का भएको हो। वेल्सले ६४ वर्षपछि विश्वकप फुटबलका लागि छनोट चरण पार गरेको छ।

यसअघि, सन् १९५८ मा वेल्स पहिलो पटक विश्वकप फुटबलका लागि छनोट भएको थियो।

कतार विश्वकपमा वेल्स समूह ‘बी’मा रहेको छ। उक्त समूहमा इंग्ल्यान्ड, अमेरिका र इरान पनि रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved