प्रजा परिषद् र २००७ सालको क्रान्तिबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपालभ्युज

प्रजा परिषद् र २००७ सालको क्रान्तिबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं। नेपाली राजनीतिका अग्रणी व्यक्तित्व टंकप्रसाद आचार्यको स्मृतिमा नेपाल प्रजा परिषद् र २००७ सालको क्रान्तिबारे अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा प्रजापरिषद् र नेपाली राजनीतिक आन्दोलनको पहिलो पाइला २००७ सालको क्रान्तिबारे बहष गरिएको थियो।

कार्यक्रममा अध्येता लक्ष्मण श्रेष्ठले प्रस्तुत गरेको कार्यपत्रमाथि विभिन्न राजनीति दलका प्रतिनिधिहरूले टिप्पणी गरेका थिए। कार्यपत्रमा नेपाल प्रजा परिषद् गठन कसरी भएको थियो, प्रजा परिषद्ले नेपाली राजनीतिमा के योगदान छ र त्यो आन्दोलनका कमजारी के हुन् भन्नेबारे व्याख्या गरिएको थियो।

कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाली काँग्रेसका पुराना नेता नरहरी आचार्यले नेपाली राजनीतिका अग्रणी व्यक्ति टंकप्रसाद आचार्यको योगदान अतुलनीय हुँदाहुँदै पनि बीचैमा हराएको प्रति दुख व्यक्त गरे।

कार्यपत्रमा टिप्पणी गर्दै अर्का वक्ता नेकपा एमालेकी डा. बिन्दा पाण्डेले प्रजा परिषद्को गठनसँगै नेपाली राजनीतिकमा महिला आन्दोलनको भूमिका पनि उत्तिकै रहेको बताइन। यस्तै नेकपा एमालेका प्रदिप ज्ञवालीले नेपाली समाजको अहिले स्वतन्त्र हुनुमा त्यतिबेलाको टंकप्रसा आचार्य दशरथचन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठको प्रयास भएको बताए।

छलफलमा त्रिभुवन विश्व विद्यालयका विभिन्न विभागका प्राध्यापक, पूर्व सचिव लगायतका विज्ञहरूको उपस्थिति थियो। त्रिभुवन विश्व विद्यालय समाजशास्त्र विभाग र टंकप्रसाद आचार्यको स्मृति प्रष्तिठानको आयोजनामा सम्पन्न भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved