प्लानिङ ब्वाइज युनाइटेड क्लब ‘बी’ डिभिजनमा उक्लियो

नेपालभ्युज

प्लानिङ ब्वाइज युनाइटेड क्लब ‘बी’ डिभिजनमा उक्लियो

काठमाडौं। प्लानिङ ब्वाइज युनाइटेड क्लब ‘बी’ डिभिजन लिगमा बढुवा हुन सफल भएको छ। शहीद स्मारक ‘सी’ डिभिजन लिगको अन्तिम दिनको खेल जित्दै प्लानिङ ब्वाइज ‘बी’ डिभिजन लिगमा उक्लन सफल भएको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित प्रतियोगिताको अन्तिम चरणको खेलमा प्लानिङ ब्वाइजले रेलिगेशनमा परिसकेको टिम ओएसिस क्लबलाई ५–० गोल अन्तरले पराजित गर्‍यो। प्लानिङ ब्वाइजलाई शानदार जित दिलाउँदै क्लबलाई माथिल्लो डिभिजनमा उकाल्न खेलमा फागु राम थारुले ह्याट्रिक गरेका थिए।

अन्तिम चरणको खेल अगाडि प्लानिङ ब्वाइज र आरसी ३२ फुटबल एकेडेमी दुवैको १२ खेलमा समान २८ अंक थियो भने ‘बी’ डिभिजनम उक्लने सम्भावना दुवैको थियो। तर अन्तिम खेलमा आरसी ३२ स्पोर्टस् एकेडेमी साँघासँग गोलरहित बराबरीमा रोकिएपछि आरसी ३२ माथिल्लो डिभिजनको लिगमा उक्लन पाएन।

लिग भरी अपराजित रहने एक मात्र टिम बनेको प्लानिङ ब्वाइजले १३ खेलमा नौ जित र चार बराबरी खेलेको थियो। अघिल्लो चरणको खलबाट नै झापा फुटबल क्लब पनि ‘बी’ डिभिजन लिगमा बढुवा भैसकेको छ।

१४ क्लब सहभागि लिगमा शीर्ष दुई ‘बी’ डिभिजनमा बढुवा हुने र अन्तिमका दुई क्लब रेलिगेशनमा पर्ने नियम छ। लिगमा वीरगञ्ज युथ एकेडेमी तथा ओएसिस क्लब भने रेलिगेशनमा परेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved