आगामी तीन दिनको मौसम : पूर्वीदेखि मध्यक्षेत्रमा आंशिक बदली, प्रदेश एकका केही स्थानमा वर्षा

राति प्रदेश १ का थोरै स्थानमा र बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

नेपालभ्युज

आगामी तीन दिनको मौसम : पूर्वीदेखि मध्यक्षेत्रमा आंशिक बदली, प्रदेश एकका केही स्थानमा वर्षा

काठमाडौं। अहिले नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १ को एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ। देशको बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र मधेश प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग र हावाहुरसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति पनि प्रदेश १ का थोरै स्थानमा र बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

भोलि शनिबार दिउँसो प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, २२ जेठ आइतबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved