राप्रपाले मूल्य वृद्धिविरुद्ध आन्दोलन गर्ने

नेपालभ्युज

राप्रपाले मूल्य वृद्धिविरुद्ध आन्दोलन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जनजीविकासँग जोडिएको मूल्य वृद्धिलगायत विभिन्न विषयलाई लिएर त्यसविरुद्ध आन्दोलन गर्ने भएको छ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा दुई दिनसम्म सञ्चालन गरेको सो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले भ्रष्टाचार, महँगी, मलखादलगायत जनजीविकाका सम्बन्धमा आन्दोलन सञ्चालन गर्ने केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले त्यसविरुद्ध आन्दोलन गर्न बुद्धिमान तामाङको संयोजकत्वमा आन्दोलन परिचालनका लागि धवलशमशेर राणा, कुन्तीकुमारी शाही, गोपाल दाहाल, ज्ञानेन्द्र शाही र प्रदेश प्रमुखहरु सदस्य रहेको समिति गठन गरेको जानकारी दिए।

स्थानीय तहको निर्वाचनको परिणाम र लोकप्रिय जनमतको जगमा उभिएर आगामी प्रदेश र संघको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने, तीन तहको संघीयता नभई केन्द्र र बलियो स्थानीय तह रहने व्यवस्था उपयुक्त हुने भएकाले आगामी निर्वाचनमा सो विषयलाई राप्रपाले जोडदार माग गर्ने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved