जति धेरै राजनीतिक दल हुन्छन् त्यति नै अस्थिर र वैदेशिक हस्तक्षेप बढ्छ : महासचिव पोखरेल

नेपालभ्युज

जति धेरै राजनीतिक दल हुन्छन् त्यति नै अस्थिर र वैदेशिक हस्तक्षेप बढ्छ : महासचिव पोखरेल

काठमाडौं । देश बनाउन बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बताएका छन्।

बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौं केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहमा महासचिव पोखरेलले दलहरूको गठबन्धनले देश बनाउन नसक्ने भन्दै जति धेरै राजनीतिक दलहरू हुन्छन् उति नै अस्थिरता र वैदेशिक हस्तक्षेप हुने बताए।

पछिल्लो समय पार्टीभित्र एकताको विषयले ठाउँ पाइरहेको बेला महासचिव पोखरेलको यस्तो अभिव्यक्ति आएको हो।

देशलाई बनाउने हो भने नेपालमा थोरै बलिया राष्ट्रिय शक्तिहरू हुनुपर्ने उनको तर्क थियो। महासचिव पोखरेलले स्वतन्त्र व्यक्तिले देश बनाउन नसक्ने भन्दै उनीहरू राजनीतिमा सफल हुन चाहे संस्थागत प्रक्रियामा जोडिनुपर्ने पनि बताए।

“यो नेपाली राजनीतिले भोगिरहेको यथार्थ हो। हामी राष्ट्र बनाउन चाहन्छौं भने त्यो अवस्थाबाट मुलुकलाई मुक्त गर्नु जरुरी छ र नेपालमा थोरै, बलिया राष्ट्रिय शक्तिहरूको निर्माण गर्नु जरुरी छ‚” उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved