एन्फा अध्यक्ष शेर्पा पक्षकै चार भोट बदर !

समितिभित्र छलफल गर्दा ४ ओटा उजुरी सदर भएको र मताधिकार बदर गरिएको छ। अब एन्फा निर्वाचनमा मात्रै ८१ भोट कायम भएको छ।

नेपालभ्युज

एन्फा अध्यक्ष शेर्पा पक्षकै चार भोट बदर !

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन समितिले चार भोट बदर गर्ने निर्णय गरेको छ। आसन्न निर्वाचनका लागि समितिले चार भोट बदर गर्ने निर्णय गरेको हो।

सिराहा, फ्रेन्ड्स क्लब, सरस्वती क्लब र महिला संघको मताधिकार बदर भएको हो। निर्वाचनका लागि प्रकाशित मतदाता नामावलीमाथि परेको उजुरीका आधारमा समितिले उनीहरुको मताधिकार बदर गर्ने निर्णय गरेको हो।

एन्फामा बदर भएका सिरहाका प्रविण यादव, फ्रेन्ड्स क्लबका दिपक थापा, सरस्वती क्लबका उत्तम भण्डारी र महिला संघकी पेमा डोल्मा लामाको भोट वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको पक्षमा रहेको बताइन्छ।

एन्फा निर्वाचन समितिमा मतदाताको विषयमा कूल १३ ओटा उजुरी परेको थियो। जसमा समितिभित्र छलफल गर्दा ४ ओटा उजुरी सदर भएको र मताधिकार बदर गरिएको छ। अब एन्फा निर्वाचनमा मात्रै ८१ भोट कायम भएको छ।

एन्फाको निर्वाचन समितिले मत बदरको निर्णयबारे पुनरावेदन समितिमा जान सकिने उल्लेख गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved