‘प्लेयर अफ द सिजन’ बने बेन्जेमा

रियललाई च्याम्पियन्स बनाउन उत्कृष्ट प्रदर्शन गरेका बेन्जेमा प्लेयर अफ द सिजन घोषित भएका हुन्।

नेपालभ्युज

‘प्लेयर अफ द सिजन’ बने बेन्जेमा

काठमाडौं। फ्रेन्च स्टार करिम बेन्जेमा च्याम्पियन्स लिगको प्लेयर अफ द सिजन बनेका छन्। स्पेनिस जायन्ट रियल मड्रिडका स्टार फरवार्ड बेन्जेमाले यस सिजनको अवार्ड जितेका छन् ।

रियललाई च्याम्पियन्स बनाउन उत्कृष्ट प्रदर्शन गरेका बेन्जेमा प्लेयर अफ द सिजन घोषित भएका हुन्।

यस सिजन रियलबाट च्याम्पियन्स लिग जितेका बेन्जेमाको यो पाचौँ च्याम्पियन्स लिग उपाधि हो। रियलले फाइनलमा लिभरपुललाई १–० ले हराउँदै १४ औँ पटक उपाधि जितेको थियो ।

यस सिजन खेलेको च्याम्पियन्स लिगको १२ खेलमा बेन्जेमाले १५ गोल गरेका थिए । बेन्जेमासँगै रियलकै भिनिसियस जुनियर ‘योङ प्लेयर अफ द सिजन’ घोषित भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved