लियोनल मेस्सीको दाबी : करिम बेन्जेमाले बलुन डे’ओर जित्छन्

बेन्जिमा ला लिगामा २७ गोल र च्याम्पियन्स लिगमा १५ गोलसहित सर्वाधिक गोलकर्ता रहे।

नेपालभ्युज

लियोनल मेस्सीको दाबी : करिम बेन्जेमाले बलुन डे’ओर जित्छन्

काठमाडौं। अजेन्टिनी फुटबल स्टार तथा सर्वाधिक बलुन डे’ओर विजेता लियोनल मेस्सीले यस वर्षको बलुन डे’ओर अवार्ड फ्रन्च स्टार करिम बेन्जेमाले जित्ने दाबी गरेका छन्।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा रहेका मेस्सीले यस सिजन बेन्जिमाको प्रदर्शन सर्वाधिक उत्कृष्ट रहेको भन्दै उनी नै अवार्डको मुख्य दाबेदार रहेको बताए।

सातपटक बलुन डे’ओर जितेका कीर्तिमानी खेलाडी मेस्सीले यस वर्षको सिजन बेन्जेमाको एक शानदार सिजन रहेको बताए। भने, “मलाई लाग्छ कि उनले बलुन डे’ओर जित्नेमा कुनै शंका छैन।”

स्पेनिस जायन्ट रियल मड्रिडका स्टार बेन्जिमाले यस सिजन च्याम्पियन्स लिग र ला लिगाको उपाधि जितेका छन्। उनी ला लिगामा २७ गोल र च्याम्पियन्स लिगमा १५ गोलसहित सर्वाधिक गोलकर्ता रहे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved