विवाहको प्रलोभन देखाएर बलात्कार, तीनजना पक्राउ

मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ परेका छन्। 

नेपालभ्युज

विवाहको प्रलोभन देखाएर बलात्कार, तीनजना पक्राउ
सांकेतिक तस्वीर

पर्सा। मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ परेका छन्।

मोरङ कटहरी गाउँपालिका-४ का २५ वर्षीय सुरज कुमार साह, जुम्लाकाे हेमा गाउँपालिका-३ जोगीवडा टोल ठेगाना भएका ३५ वर्षीय हरिचन्द्रनाथ योगी र सखुवासभा खाँदवारी नगरपालिका-१० कि ४२ वर्षीया लक्ष्मी बुढाथोकी (कार्की) लाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

मोरङका सुरज वीरगञ्ज महानगरपालिका–८ स्थित एक रेष्टुरेण्टमा काम गर्थे। जुम्लाका हरिचन्द्रनाथ वीरगञ्ज महानगरपालिका–१६ फुलबारी टोलमा डेरामा बस्दै आएका थिए भने संखुवासभाकी लक्ष्मी वीरगञ्ज महानगरपालिका-१६ स्थित कार्की होटलकी सञ्चालिका हुन्।

सुरजले जेठ ५ गते काठमाडौं बस्ने २५ वर्षीया युवतीलाई विवाहकाे प्रलोभन देखाएर वीरगञ्ज बोलाई बसपार्कस्थित एक होटलमा लगेर पटकपटक बलात्कार गरेका थिए। करणीपछि जेठ ९ गते लक्ष्मीलाई जिम्मा लगाएर साह फरार भएका थिए।

जेठ १० गते लक्ष्मीले ‘विवाह गर्छ’ भनी झुक्याएर हरिचन्द्रनाथ योगीको साथमा युवतीलाई पठाएको र योगीले पीडितलाई आफ्नो कोठामा लगेर मानसिक र शारीरिक यातना दिई पटकपटक जबरजस्ती करणी गरी बाहिर निस्कन समेत नदिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ। पक्राउ परेका तीनै जनामाथि जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved