बलात्कारका मुद्दामा हदम्याद हटाउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता

बलात्कारका मुद्दामा हदम्याद हटाएर कानून संशोधन गर्न माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता भएको छ।

नेपालभ्युज

बलात्कारका मुद्दामा हदम्याद हटाउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता

काठमाडौं। बलात्कारका मुद्दामा हदम्याद हटाएर कानून संशोधन गर्न माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता भएको छ।

नेपाली कांग्रेसका सांसदहरु डिला संग्रौला, सुजाता परियार, प्रमिला राई र रंगमती शाहीले सोमबार संसदमा संकल्प प्रस्ताव दर्ता गरेका हुन्।

हिंसाविरुद्ध बोल्न महिलाहरुलाई साहस थप्न हदम्याद हटाउनुपर्ने संकल्प प्रस्तावमा उल्लेख छ।

‘‘जबरजस्ती करणीको शिकार भएको व्यक्ति मानसिक रुपमा विक्षिप्त हुने र त्यस्तो अवस्थाबाट सामान्य अवस्थामा फर्कन वर्षौंवर्ष लाग्न सक्छ’, संकल्प प्रस्तावमा भनिएको छ, ‘यस्ता अपराधसँग सम्बन्धित तथ्यांक अनुसार बलात्कारको शिकार तमाम महिलाहरुले शारीरिक अनि मानसिक पीडा खप्न नसकी आत्महत्या गरेको पाइन्छ। यस्तो अस्वस्थामा उनीहरूले तत्कालै उजुर गर्नु वा आफूमाथि भएको जघन्य अपराधका बारेमा आवाज उठाउन् भनेर सोच्नु वाञ्छनीय हुँदैन।’’

जबरजस्ती करणी पीडितलाई राज्यले निःशुल्क स्वास्थ्य, क्षतिपूर्ति तथा मानसिक उपचार एवं परामर्शको व्यवस्था गर्न पनि माग गरिएको छ।

पछिल्लो समय लगातार यौनहिंसाका घटनाहरु आइरहेका छन्। एक यवुतीले ८ वर्षअघि सौन्दर्य प्रतियोगिताका आयोजकले आफूमाथि बलात्कार गरेको सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि संसददेखि सडकसम्म हदम्याद बढाउनुपर्ने कुरा उठेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved