दुई दृष्टिविहीनलाई आयरल्याण्ड बसेका अशोकले जुटाइदिए खर्च

नेपालभ्युज

दुई दृष्टिविहीनलाई आयरल्याण्ड बसेका अशोकले जुटाइदिए खर्च

बागलुङ। एकै परिवारका दुई दृष्टिविहीन युवालाई आर्थिक सहयोग गरिएको छ।

रोजगारीको लागि आयररल्यान्ड गएका बागलुङका व्यक्तिहरूले बागलुङ नगरपालिका–६ स्थित लङ्गाउका दुई युवालाई आर्थिक सहयोग गरेका हुन्।

युवा अवस्थामा आँखा गुमाएका ४२ वर्षीय खीमबहादुर थापा र ३४ वर्षीय अम्बरबहादुर थापालाई हाल आयरल्यान्डमा रहेका अशोक मगर ‘प्रेम’ को पहलमा संकलन भएको ९० हजार ८२१ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ।

बागलुङ समाज आल्यारण्डमा आबद्ध व्यक्ति र रोजगारीका लागि सोही स्थानमा रहेको जिल्लावासीबाट रकम सङ्कलन गरिएको थियो। आर्थिक अवस्था कमजोर रहेका ती दृष्टिविहिनलाई सानीआमा र बुवाले हेरचाह गर्दै आएका छन्। चौध जनाको परिवार भएको र अर्थोपार्जन न्यून भएकाले उनीहरूलाई रेखदेख गर्न समस्या हुँदै आएको छ।

बिहानदेखि बुलेकासम्म उनीहरूको रेखदेख, स्यारसुसार गर्नमै समय लाग्ने भएको र एक जनाको कमाइबाट मात्र ठूलो परिवारको पालनपोषण गर्नुपर्ने बाध्यता भएको सानीआमा डिलकुमारी थापाले बताइन्। २२ वर्षको उमेरदेखि दुवैले आँखाको ज्योति गुमाएका थिए।

रकम हस्तान्तरण गर्दै नेत्र ज्योति संघका जिल्लाअध्यक्ष भरत पुरीले युवा अवस्थामा दृष्टिविहीन भए पनि परिवारसँगै विदेशमा रहेका नेपालीको सहयोगबाट जीवनयापनमा केही सहज भएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved