ईपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई ओलीकाे आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल–भारत प्रबुद्ध समूहले तयार पारेको ईपीजी प्रतिवेदन बुझ्न आग्रह गरेका छन्।

नेपालभ्युज

ईपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई ओलीकाे आग्रह

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल–भारत प्रबुद्ध समूहले तयार पारेको ईपीजी प्रतिवेदन बुझ्न आग्रह गरेका छन्।

बिहीबारकाे प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले प्रधानमन्त्री देउवालाई ईपीजी प्रतिवेदन बुझेर सार्वजनिक गर्न आग्रह गरेका हुन्।

ओली पहिलो पटक प्रधानमन्त्री हुँदा गठन भएको ईपीजी समूहले दुई देशबीचको सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धि लगायत अन्य असमान सन्धिको अध्ययन गर्दै दुवै देशका प्रधानमन्त्रीलाई प्रतिवेदन दिने बताए पनि प्रतिवेदन हस्तान्तरण भएको छैन।

काठमाडौ, नयाँ दिल्ली र देहरादूनमा गरी नाै पटक ईपीजी बैठक बसेको थियो। पहिलो बैठक नेपालमा बसेका कारण प्रतिवेदन भारतीय प्रधानमन्त्रीलाई बुझाउने दुई देशका प्रतिनिधिमण्डलले निर्णय गरे पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समय अभावका कारण बताउँदै ईपीजी प्रतिवेदन सार्वजनिक गरिएको छैन।

ईपीजी प्रतिवेदन सार्वजनिक नभएको अवस्थामा ३१ वैशाखमा भारतको विदेश मन्त्रालयमा भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विदेश सचिव विनय मोहन क्वात्राले ईपीजी प्रतिवेदनका विषयमा भारत सरकार अनविज्ञ रहेको बताएका थिए।

भारतीय विदेश सचिवले ईपीजी प्रतिवेदन भारत सरकारको जानकारीमा नभएको बताएसँगै ११ जेठमा ईपीजीको नेपाल संयोजक भेष बहादुर थापाले राष्ट्रिय समाचार समितिमार्फत एक विज्ञप्ति सार्वजनिक गर्दै दुवै देशका प्रधानमन्त्रीले प्रतिवेदन नबुझेको खण्डमा जनतामाझ सार्वजनिक गर्ने बताएका थिए।

दुई देशबीचको विद्यमान समस्या समाधानका लागि भन्दै ईपीजी समूह गठन गरिए पनि उक्त समूहले साझा रुपमा तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved