राष्ट्रिय क्रिकेट खेलाडीको तलब बढ्यो

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको मासिक पारिश्रमिकमा वृद्धि भएको छ।

नेपालभ्युज

राष्ट्रिय क्रिकेट खेलाडीको तलब बढ्यो

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको मासिक पारिश्रमिकमा वृद्धि भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) को मंगलबार सम्पन्न बोर्ड बैठकले पुरुष तथा महिला राष्ट्रिय क्रिकेट टिममा सेन्ट्रल कन्ट्रयाक्टमा रहेका सम्पूर्ण खेलाडीहरुको पारिश्रमिक बढाउने निर्णय गरेको हो।

बैठकको निर्णय अनुसार पुरुष टिमका सम्पूर्ण खेलाडीहरूको मासिक पारिश्रमिक १० हजार रुपैयाँले वृद्धि गरिएको छ। यसअघि पुरुष टिमका ए ग्रेडका खेलाडीहरुको मासिक पारिश्रमिक ५० हजार, बी ग्रेडका खेलाडीको ४० हजार र सी ग्रेडका खेलाडीको ३० हजार रहेको थियो।

अब बढेको तलबअनुसार पुरुषतर्फ ए ग्रेडका खेलाडीले ६० हजार, बी ग्रेडका खेलाडीले ५० हजार र सी ग्रेडका खेलाडीले ४० हजार रुपैयाँ मासिक पारिश्रमिक पाउनेछन्।

त्यसैगरी महिला खेलाडीको हकमा बि र ए ग्रेडमा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक ६ हजार र सी ग्रेडमा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक पाँच हजार रुपैयाँले वृद्धि गरिएको छ। यसअघि ए ग्रेडमा रहने महिला खेलाडीको मासिक पारिश्रमिक १५ हजार थियो। तलब बढेसँगै अब मासिक २१ हजार रुपैयाँ तलब पाउने छन्।

मासिक १२ हजारको दरले तलब पाउँदै आएका बी ग्रेडका खेलाडीले अब १८ हजार पाउनेछन् भने सी ग्रेडका महिला खेलाडीले १० हजार पाउँदै आएकोमा अब १५ हजार पाउने क्यानले जनाएकाे छ।

१, अप्रिल २०२२ देखि लागू हुनेगरी क्यानले सम्पूर्ण मैदान कर्मचारीहरूको मासिक पारिश्रमिक तीन हजार रुपैयाँ, मैदान कार्यालय सहयोगीको मासिक पारिश्रमिक पाँच हजार र टियू मैदानको पिच क्युरेटरको मासिक पारिश्रमिक ६ हजार रुपैयाँले वृद्धि गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved