बन्चरेडाँडामा खसाउन थालियो उपत्यकाको फोहोर

काठमाडौं उपत्यकाभित्रको फोहोर बन्चरेडाँडामा खसाउन शुरु गरिएकाे छ।

नेपालभ्युज

बन्चरेडाँडामा खसाउन थालियो उपत्यकाको फोहोर

काठमाडौं। काठमाडौं उपत्यकाभित्रको फोहोर बन्चरेडाँडामा खसाउन शुरु गरिएकाे छ। बन्चरेडाँडा ल्याण्डफिल साइटको सेल वान निर्माण सम्पन्न भएसँगै आजबाट उपत्यकाको फोहोर त्यहाँ खसाउन शुरु गरिएको हो।

नुवाकोटको सिसडोल ल्याण्डफिल साइट भरिएपछि सरकारले धादिङ र नुवाकोटको सिमानास्थित बन्चरेडाँडा ल्याण्डफिल साइट निर्माणको काम शुरु गरेको थियो। शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको निर्देशनमा काठमाडौं महानगरपालिकाले सोमबार राति नै विसर्जनका लागि बन्चरेडाडाँमा फोहोर खसाउन शुरु गरेकाे हाे।

सोमबार राति मन्त्री झाँक्रीले बालाजु, रातोपुल लगायतका क्षेत्रमा फोहोर उठे/नउठेको अनुगमन गरेकी थिइन्।

काठमाडौं र ललितपुरबाट एक सय ओटा ट्रक फोहोर बन्चरेडाडाँमा खसाइएको बन्चरेडाडाँ लगिएकाे ल्याण्डफिल्ड साइटका आयोजना प्रमुख रवीन्द्र बोहराले जानकारी दिए। स्थानीयले सामान्य विरोध गरे पनि स्थिति सामान्य रहेको बताउँदै उनले अब बन्चरेडाडाँ निरन्तर फोहोर विसर्जन गरिने बताए।

यसअघि सिसडोलमा फोहोर विसर्जन गर्दै आएकोमा स्थानीयवासीको अवरोधपछि समस्या भएको थियो। बन्चरेडाडाँमा ल्याण्डफिल साइट निर्माण भएसँगै लामाे समयदेखि काठमाडौं र ललितपुरमा थुप्रिएको फोहोर सोमबारबाट उठ्न थालेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved