ललितपुरको मेयरमा चिरीबाबु जित नजिक

ललितपुर महागनगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन जित नजिक पुगेका छन्। 

नेपालभ्युज

ललितपुरको मेयरमा चिरीबाबु जित नजिक

काठमाडौं। ललितपुर महागनगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन जित नजिक पुगेका छन्।

महानगरको २९ नम्बर वडामा मतगणना जारी रहँदा उनी ४० हजार २६३ मतसहित अग्रस्थानमा छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले २३ हजार ८१० मत ल्याएका छन्।

२९ वडा रहेको ललितपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगिसकेकाे छ। बेलुकीसम्म अन्तिम मतपरिणाम सार्वजनिक हुन सक्ने जिल्ला निर्वाचन कार्यालय ललितपुरले जनाएको छ।

उपमेयरतर्फ एमालेकी उम्मेदवार मन्जली शाक्य बज्राचार्य २४ हजार १३९ मतसहित अग्रस्थानमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved