काठमाडौं महानगर : डेढ लाख मतगणना हुँदा बालेनले कटाए ५० हजार

सिर्जनाले ३० हजार ७६७ मत पाएकी छन्। एमालेका केशव स्थापित ३० हजार १५ मतसहित तेस्रो स्थानमा रहेका छन्।

नेपालभ्युज

काठमाडौं महानगर : डेढ लाख मतगणना हुँदा बालेनले कटाए ५० हजार

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजार मतको आँकडा पार गरेका छन्।

शाहले फराकिलो मतअन्तर कायम गर्दै मेयरमा ५० हजार ३० मतसहित अग्रता कायमै राखेका छन्।

शाह दोस्रो स्थानमा रहेको गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा १९ हजार २६३ मतले अगाडि छन्। सिर्जनाले ३० हजार ७६७ मत पाएकी छन्।

यस्तै, नेकपा एमालेका केशव स्थापित ३० हजार १५ मतसहित तेस्रो स्थानमा रहेका छन्।

अहलेसम्म २३ वडाको मतगणना सकिँदा कांग्रेसले १३ वडा जितेको छ भने एमालेले १० वडा जितेको छ।

अहिले १३ देखि २१ नम्बर वडामा मतगणना जारी छ। जसमा पाँच वडामा एमालेले अग्रता बनाएको छ भने कांग्रेसले ४ वडामा अग्रता बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved