अस्ट्रेलियामा नयाँ प्रधानमन्त्री एन्थोनी अल्बानिजी नियुक्त

अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बानिजी नियुक्त भएका छन्। शनिबार सम्पन्न आमनिर्वाचनमा विजयी भएपछि विपक्षी दल लेबर नेता अल्बानिजी प्रधानमन्त्री बनेका हुन्।

नेपालभ्युज

अस्ट्रेलियामा नयाँ प्रधानमन्त्री एन्थोनी अल्बानिजी नियुक्त

अस्ट्रेलिया। अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बानिजी नियुक्त भएका छन्। शनिबार सम्पन्न आमनिर्वाचनमा विजयी भएपछि विपक्षी दल लेबर नेता अल्बानिजी प्रधानमन्त्री बनेका हुन्।

अस्ट्रेलियामा शनिबार भएको चुनावमा सत्तारूढ दल लिबरल गठबन्धनलाई हराउँदै लेबर विजयी भएको हो। अल्बानिजीले सोमबार राजधानी क्यानबेरामा अस्ट्रेलियाका गभर्नर जनरल डेभिड हर्लीसमक्ष शपथ लिएका हुन्।

अस्ट्रेलियाका नवनियुक्त प्रधानमन्त्रीले बेलायती महारानीको प्रतिनिधिका रूपमा रहने गभर्नर जनरलसँग शपथ लिने व्यवस्था छ। अल्बानिजीसँगै महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका ४ सांसदले पनि शपथ लिएका छन्।
सोमबार बिहान आयोजित कार्यक्रममा लेबर पार्टीका उपनेता रिचार्ड माल्र्सले उपप्रधानमन्त्री, जिम चार्लमरले ट्रेजरर, केटी गालाघरले अर्थमन्त्री र पेनी योंगले विदेशमन्त्रीको शपथ लिएका हुन्।

नवनियुक्त प्रधानमन्त्री अल्बानिजी ‘क्वाड’ बैठकमा सहभागी हुन शपथग्रहणलगत्तै जापान गएका छन्। बैठकमा सहभागी हुन प्रधानमन्त्रीसँगै नवनियुक्त विदेशमन्त्री योंग पनि गएकी छन्। क्वाडमा अमेरिका, अस्ट्रेलिया, जापान र भारत छन्।

लेबरले बहुमत सिटमा जित हासिल गर्न भने सकेको छैन। लगातार ३ कार्यकाल (९ वर्ष) सम्म सत्तामा रहेको लिबरल गठबन्धन भने ५४ सिटमा सीमित भएको छ। अस्ट्रेलिया सरकार गठनका लागि १ सय ५१ सदस्यीय तल्लो सदनमा ७६ सिट ल्याउनुपर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved