बलात्कार आरोपी मनोज पाण्डे प्रहरी नियन्त्रणमा

नेपालभ्युज

बलात्कार आरोपी मनोज पाण्डे प्रहरी नियन्त्रणमा

काठमाडौं। सौन्दर्य प्रतियोगिताको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे नियन्त्रणमा लिएको छ।

प्रहरी स्रोतका अनुसार अपराध महाशाखाको टोलीले पाण्डेलाई स्वयम्भुबाट नियन्त्रणमा लिएको हो। प्रहरी स्रोतले भन्यो, ‘‘घटना सार्वजनिक भएपछि सोधपुछका लागि आरोपितलाई हामीले नियन्त्रणमा लिएका हौँ, बाँकी अनुसन्धान भइरहेको छ।”

एक युवतीले सामाजिक सञ्जालमार्फत ८ वर्षअघि आफू १६ वर्षको हुँदा आयोजक पाण्डेले काठमाडौंको एक होटलमा बेहोस हुने पेय पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाएकी थिइन्। सन् २०१४ मा ‘मिस ग्लोबल इन्टरनेशनल’मा सहभागी ती युवतीले आयोजकले आफ्नो नाङ्गो फोटो खिचेर ब्लाकमेलिङ गर्दै ६ महीनासम्म बलात्कार गरेको आरोप लगाएकी थिइन्।

उक्त आरोपपछि सडकदेखि संसद्‍सम्म आरोपीलाई पक्राउ गरी कारबाही गर्न मागसहितको दबाब बढेपछि प्रहरीले सामाजिक सञ्जालमा भेटिएको भिडिओकै आधारमा अनुसन्धान अघि बढाएको थियो। भिडिओ सार्वजनिकपछि संसद्‍मा यो उक्त विषयम उठेको थियो।

सभामुख अग्निप्रसाद सापकोटाले सरकालाई उक्त घटनाबारे अनुसन्धान गर्न निर्देशन दिएकोमा गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समितिसमेत बनाएर अनुसन्धान गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved