रेनुलाई ५७ सय मतको अग्रता, जगन्नाथले कटाए १० हजार मत

नेपालभ्युज

रेनुलाई ५७ सय मतको अग्रता, जगन्नाथले कटाए १० हजार मत

काठमाडौं। भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ५ हजार ७३३ मतको अग्रता बनाएकी छन्। हालसम्म ७६ हजार ९५ मत गणना भएकोमा रेनुले २९ हजार ४७८ मत पाप्त गरेकी छन्।

राप्रपासँग गठबन्धन गरेको नेकपा एमालेका विजय सुवेदीले २३ हजार ७४५ मत पाप्त गरेका छन्।

माओवादीसँग गठबन्धन गरेपछि बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले १० हजार मत कटाएका छन्। जगन्नाथले १० हजार ३३४ मत पाएका छन्।

यस्तै उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रशेन अधिकारीले ३१ हजार ८२४ मत पाप्त गरेका छन्। एमालेसँग गठबन्धन गरेको राप्रपाका  हमिला गुरूङले १८ हजार ४०१ ल्याएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved