एन्फा अध्यक्षमा नेम्वाङले गरे उम्मेदवारी घोषणा

नेपालभ्युज

एन्फा अध्यक्षमा नेम्वाङले गरे उम्मेदवारी घोषणा

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचनका लागि पंकजविक्रम नेम्वाङले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। एन्फाको वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पदमा रहेका नेम्वाङले शुक्रबार एक औपचारिक कार्यक्रमबीच आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

एन्फाको २१ औँ साधारणसभा आगामी ६ असारमा हुँदैछ। उक्त साधारणसभाले आगामी चार वर्षका लागि एन्फाको नयाँ १७ सदस्यीय कार्यसमितिको चयन गर्नेछ।

वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले पनि एन्फा प्रमुख पदमा यो पटक पनि उम्मेदवारी दिने तयारीमा छन्। त्यसैले यो निर्वाचनमा एन्फा अध्यक्ष पदका लागि नेम्वाङ र शेर्पाबीच प्रतिस्पर्धा हुने देखिन्छ

नेम्वाङ झापा फुटबल संघका प्रतिनिधि हुन्।

चार वर्ष अघिको निर्वाचनका तत्कालीन अध्यक्ष गणेश थापालाई हराउन शेर्पा र नेम्वाङ एकै प्यानलबाट उठेर क्रमशः अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदमा विजयी भएका थिए। तर यो पटक यी दुई नै प्रमुख प्रतिस्पर्धी बन्दै छन्।

कार्यक्रमका नेम्वाङकै प्यानलबाट वर्तमान कार्यसमितिका उपाध्यक्ष वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved